Incident Reports

प्रहरी र विद्यार्थीबीच त्रिचन्द्र कलेज अगाडी झडप, ६ जना घाइते

2018-01-02

Bagmati, Kathmandu, Kathmandu, Ward 28

नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, शेखर बोहोरालगायत ६ जना रहेको सचिव आरसी लामिछानेले रातोपाटीलाई जानकारी दिए । निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको, प्रधानमन्त्री शेरबहादुर देउवाको अक्रमण्यता तथा मूल्यबृद्धिविरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको लामिछानेले जानकारी दिए । ‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेको बेला प्रहरीले एक्कासी बल प्रयोग गर्यो,’ लामिछानेले भने, ‘प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।’ यता, प्रहरीले भने प्रधानमन्त्री र निर्वाचन आयुक्तको पुत्ला जलाउन खोजेपछि हस्तक्षेप गरेको बताएको छ । अहिले पनि त्रिचन्द्र कलेज र रत्नपार्क क्षेत्र तनावग्रस्त रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others) , Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Rautahat

0 Comments