Incident Reports

छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती गम्भीर घाईते

2018-01-02

Province 1, Okhaldhunga, Manebhanjyang, Ward 1

ओखलढुङ्गामा छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती घाइते भएका छन् । मानेभञ्ज्याङ्ग गाँउपालिका १ मा घरायसी रिसिबीका कारण छिमेकी टंक बहादुर बस्नेतको खुकुरी प्रहारबाट सोही स्थानका ५१ बर्षिय चक्र बहादुर बस्नेत र उनकी श्रीमती ५० बर्षीया सीता बस्नेत घाईते भएका छन् । घाईते मध्ये श्रीमन चक्र बहादुरको अवस्था गम्भीर छ । मंगलबार बिहान गोठ जाने क्रममा लुकेर बसेका टंक बहादुरले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका बहादुर कार्कीले रातोपाटीलाई बताए । खुकुरी प्रहारबाट घाईते दुई लाई तत्काल उद्धार गरी ओखलढुंगा सामुदायीक अस्पताल सोब्रुमा लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं पठाईएको छ । बस्नेत दम्पतीलाई खुकुरी प्रहार गर्ने टंक बहादुरलाई पक्राउ गरी थुनामा राखिएको प्रहरी निरिक्षक कार्कीले बताए । उनी केही समयअघि मात्रै ज्यान मारेको मुद्धामा १० वर्ष जेल सजाय भुक्तानी गरी फर्केको हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Youth Abducted 00
National/Online Media

0 Comments

Related Reports