Incident Reports

भान्जाको हत्या अभियोगमा एक पक्राउ

2018-01-02

Lumbini, Dang, Banglachuli, Ward 4

भान्जाको हत्या अभियोगमा बंगलाचुली गाउँपालिका निवासी २४ वर्षीय भोजराज महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महराका भान्जा घोराही उपमहानगरपालिका–६ बरुवागाउँका १९ वर्षीय बसन्त ओली बिहीबार बंगलाचुली–४ श्रीबारीमा मृत भेटिएका थिए । महराले हत्या स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् । महरा र ओलीसँगै घरबाट निस्किएको र केही दिनपछि ओली मृत भेटिएको प्रहरीले जनाएको छ । ओली मृत भेटिंदा महरा फरार थिए । महरा भारतबाट प्रक्राउ परेको प्रहरीले बताएको छ । केही शंकास्पद युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या महराले नै गरेको पुष्टि भएको एसपी सिंहले बताइन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis