Incident Reports

‘प्रमाण नपुगेको’ले नागरिताविहिन बसुधराको बृद्ध भत्ताले न्यानाे लुगा किन्ने धोको अधुरै !

2017-12-25

Province 1, Morang, Biratnagar

 ठयाक्कै थाहा नभएपनि उमेरले सत्तरी वर्षको छेउछाउ पुगेकी बसुधरा ऋषिदेवको सधै चाहना हुन्छ बृद्ध भत्ता पाए आफना लागि जाडोको लुगा र खोकीको औषधि किन्ने । तर, नागरिकता नभएकोले उनको यो चाहना पुरा हुन सकेको छैन । यसैले गाउँमा पुग्ने जोकोहीलाई जाडोमा कठयांग्रिएको अर्धनग्न आंग लिएकी उनि भन्ने गर्छिन, ‘नागरिकता भए बृद्ध भत्ता लिएर लुगा र औषधि किन्ने थिएँ, कसैले सहयोग गदैनन् ।, मोरङको सुन्दर हरैचा ५ डिपु गाउँको सुकुम्बासी बस्तीमा करिब ५० घर परिवार ऋषिदेव (मुसहर) परिवारको बसोवास छ । ज्याला मजदुरी गरेर पालिनुपर्ने समस्याले गर्दा सबैको आर्थिक अवस्था नाजुक छ । प्राय सबैलाई न्याना लुगाको अभाव छ । हरेक वर्ष मुटु कमाउँदै आउने जाडोले बृद्ध बसुन्धरालाई नागरिकता नभएको छटपटी हुन्छ । जाडोमा दम बढर उनलाई सास फर्नै गाह्रो हुन्छ तर, औषधि किन्ने पैसा नै हुँदैन । बृद्ध बसुधराका श्रीमान सुतरु ऋषिदेवको नागरिकता बनाएकोले बृद्ध भत्ता थाप्दै छन् । श्रीमानले बृद्धभत्ता पाउँदा बसुधराको पनि मन कटक्क खान्छ । उनले पटक पटक छोराबुहारी र श्रीमानलाई नागरिकताका लागि हारगुहार गर्छिन । तर, ‘प्रमाण नपुगेको’ भन्दै हरेक वर्ष रित्तो हात पर्कनु पर्छ उनले । उनलाई के प्रमाण पुगेन थाहा छैन । श्रीमानले कान्छी श्रीमती ल्याएर जेठी बसुधरालाई बेवस्ता गरेपछि उनको नागरिकता बन्न नसकेको बुहारी लहरी ऋषिदेव बताउँछिन । उनका अनुसार, बसुधराकी सौताको मृत्यु भैसकेको छ । तर, एउटै श्रीमानले दुई श्रीमतीको नागरिकतामा सनाखत गर्न नपाउने भएकोले उनको नागकिरता बनाउने धोको अहिलेसम्म पूरा भएको छैन् । बुहारी बतासीले भनिन्, ‘सासु आमाको नागरिकता बने त भत्ता थापेर औषधि र लुगा किन्न त हुन्थ्यो । अहिलेसम्म बन्न सकेन ।’

0 Comments