Incident Reports

काङ्ग्रेस कार्यकर्तासँग विवाद हुँदा माओवादी नेता घाइते

2018-01-02

Gandaki, Baglung, Nisikhola, Ward 6

मंगलबार भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका एकजना नेता घाइते भएका छन् । बागलुङको पश्चिम निसीखोला गाउँपालिका वडा ६ भल्कोटका लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढामगर गम्भीर घाइते भएका हुन् । निसीको भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति १० बजे ढुङ्गा प्रहार भएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए । भुजेलले पीडित बुढाले बुधबार बिहान उजुरी दिएपछि पीडकलाई लिन पठाएको बताए । बुढाको उनको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ । स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको बताएको छ । कुशल नेकपा माओवादी केन्द्रका नेता हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports