Incident Reports

दक्षिण अफ्रिका पुर्याई मानव बेचबिखन गर्ने पक्राउ

2017-12-30

Bagmati, Kathmandu, Chandragiri, Ward 1

बिभिन्न प्रलोभनमा पारी दक्षिण अफ्रिकामा पुर्याई मानव बेचबिखन गर्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले चन्द्रागिरीबाट शनिबार पक्राउ गरेको छ । ढुङ्गेलले दक्षिण अफ्रिकाको जोहान्सबर्गमा राम्रो रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारी बिभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति ७ लाख रुपैयाँ वा सो भन्दा बढीका दरले रकम उठाई दक्षिण अफ्रिका पु¥याई पीडितहरुलाई बिना पारिश्रमिक काम लगाई मानसिक तथा शारीरिक यातना दिने जस्ता अभद्र ब्यवहार गरी अलपत्र पारेपछि पीडितहरु भागेर नेपाल आएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।

0 Comments