Incident Reports

सरकारविरुद्ध वाम युवा-विद्यार्थीको प्रदर्शन

2018-01-03

प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न दवाव दिन वाम गठबन्धन अन्तर्गतका युवा र विद्यार्थी संगठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारबिरुद्धको नारावाजीसहित बिद्यार्थी र युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिमामा पुगेर कोणशभामा परिणत भएको छ । एमाले सम्बद्ध युवा संघ र अनेरास्ववियु तथा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी र वाईसीएलका नेता कार्यकर्ता प्रदर्शनमा सहभागी थिए । कोणसभालाई चारै संगठनका केन्द्रीय नेताले सम्बोधन गरिरहेका छन् । इन्धनमा गरिएको मूल्यबृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा हिजो भएको झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएका थिए । त्यसैको बिरोधमा आज देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुसार सबैतिर बिरोध प्रदर्शन भइरहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले राजीनामा र निर्वाचन आयोगले समानुपातिकको मतपरिणाम सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहनेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others) , Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments