Incident Reports

Locals vandalize Midimkhola Hydel project

2018-01-04

Gandaki, Lamjung, Madhya Nepal, Ward 8

locals at Dhaduwa, MadhyaNepal Municipality-8 has vandalized the office and guest house of Midimkhola hydro-electric project on January 04. According to the project staff and police, a group of 30 individuals who came in a motorbike indiscriminately vandalized infrastructures of the project. Office, guest house including its doors and windows and a jeep parked in the garage have been damaged. मध्यनेपाल नगरपालिका ८, डढुवाका स्थानीयले मिदिमखोलामा निर्माण गरिएको ३ मेगावाटको मिदिमखोला (करापु) जलविद्युतको कार्यालय र आवासगृह तोडफोड गरेका छन् । केही दिनअघि उनीहरुले बाँधक्षेत्रमा रहेको हेडवक्र्सको प्यानलबोर्ड पनि तोडफोड गरेका थिए । बिहीबार साँझ २०/२५ वटा मोटरसाइकलमा आएका ३०/३५ जनाले अन्दाधुन्दा ढुंगा, ब्लक, मुढा लगायतको प्रयोगले मध्यनेपाल नगरपालिका ८, पतरीस्थित जलविद्युतको आवासगृहका ४ वटा कोठा र कार्यालयका २ वटा कोठा तोडफोड गरेका कर्मचारी र प्रहरीले बताएको छ । स्थानीयको धम्कीका कारण कर्मचारी बिहीबार आवासगृह छोडेर अन्तै बस्न गएका थिए । अन्दाधुन्दा प्रहारबाट फ्रिफ्याबबाट निर्मित आयोजनाको आवासगृह र कार्यालयको पर्खाल, ढोका, झ्याल साथै भित्रका कम्प्युटर, दराज लगायतका सामग्रीमा क्षति पुगेको एक कर्मचारीले बताए । ग्यारेजमा राखिएको बा१३ज २४६३ नं. को पिकअप जीपमा पनि टोडफोड भएको ती कर्मचारीले बताए । ‘हिजो (बिहीबार) दिउँसो हामीलाई यहाँ नबस्न धम्की दिइएको थियो । अझैपनि नबस्न धम्की दिइरहेका छन्’ ती कर्मचारीले भने, ‘हामीले समयमै प्रहरीलाई खबर गरेका थियौं । प्रहरीको ढिलाइले घटना घट्यो ।’ कर्मचारीहरुका अनुसार बिहीबार साँझ ६ देखि साँढे ६ बजेतिर तोडफोडको घटना भएको हो । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर जयराम वन्तले प्रहरी बाटोमा जाँदाजाँदै तोडफोड भइसकेको बताए । तालिममा रहेकाले बिहीबारमात्रै कार्यालय आइपुगेको र गाडी खोजेर पठाउँदा ढिला भएको उनले बताए । डीएसपी पदमबहादुर विष्टले जलविद्युत आयोजनाको कार्यालय र आवासगृहमा तोडफोड भएको सुन्नमा आएको बताए । ‘हिजो (बिहीबार) मात्रै एक महिनासम्म माग पुरा गर्ने विषयमा सहमति भएको थियो भन्ने कुरा आएको थियो । हिजो साँझै २०/२५ वटा मोटरसाइकलमा गएर तोडफोड गरेछन्’ उनले भने, ‘मैले भोर्लेटारका इन्सपेक्टरलाई त्यहीं गएर हेर्न भनेको छु ।’ मध्यनेपाल नगरपालिका ८, डढुवाका स्थानीयले आयोजनाको बाँध निर्माणका क्रममा भत्किएका पाटीको निर्माण गरिदिनुपर्ने, बाँधक्षेत्रस्थित लाङदीदेवीको मन्दिर पुग्ने पूल निर्माण गरिदिनुपर्ने, गाउँसम्म पुग्ने मोटरबाटो निर्माण लगायतको माग पूरा नगरेको भन्दै मंगलबारदेखि जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गराएका छन् । मध्यनेपाल नगरपालिका ८ करापू र बेंसीसहर नगरपालिका ४ नाल्माबेंसीको लाङ्दीफेदीमा निर्माण गरिएको बाँधको गेट खोलेर पानीलाई खोलातर्फ फर्काएर विद्युत उत्पादन बन्द गराएका थिए । आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले पानी बन्द भएपछि घुमिरहेको मेशिन एक्कासी रोकिँदा टर्बाइन नं. २ मा क्षति पुग्दामात्रै २० लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनका अनुसार स्थानीयले २ करोड २५ लाख रुपैयाँ बराबरको योजना माग गरेका छन् । सवै काम बोर्डको निर्णयले गर्ने भएकाले १५ दिनको समय माग गर्दा गाउँले नमानेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments