Incident Reports

काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

2017-12-07

Madhes, Sarlahi, Chandranagar

पर्साको पटेवार्सुगौलिमा स्शास्त्रावन रक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ। काठ तस्करी गरिरहेको हतियारधारी समूह र सशास्त्र वन रक्षकबीच दोहोरो गोली हानाहान भएको हो। पेतार्वा सुगौली गाउँपालिका वडा नम्बर २ मा पर्ने गादी जंगल नजिकै ईलाका वन कार्यालय गादी रंगपुरबाट सशास्त्र वन रक्षक रामेश्वोर यादवको नेतृत्वमा खटिएको वन रक्षक टोली र तस्कर समुह बीच विहिबार राति गोली हानाहान भएको हो। वन रक्षक टोलीलाई लक्षित गरेर तस्कर समुहले भरुवा बन्दुकबाट गोली चलाएपछि सशस्त्र वन रक्षक टोलीले पनि जवाफी फायरिंग गरेको सशस्त्र वन रक्षक रामेश्वोर यादवले बताए। जवाफी फायरिंग गरेपछि काठ तस्करहरु काठ छाडेर फरार भएको उनले बताए। गोलि हानाहान भएपनि मानवीय क्षति भने नभएको यादवले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Homemade/traditional firearms , Small arms , Homemade/traditional firearms , Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Criminal , Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Security forces (unspecified) Security forces (unspecified)
Actor 2 - Youth unknown
Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports