Incident Reports

जनकपुरमा हत्या आरोपमा एकजना पक्राउ

2018-01-06

Madhes, Dhanusha, Janakpur, Ward 9

जनकपुरमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुली घर भइ जनकपुर उपमहानगरपालिका-९ बस्ने गणेशुकमार खड्कालाई हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई प्रहरीले पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको हो । शनिबार विहान ६ बजे जनकपुर-९ रामानन्द चोकस्थित खानेपानी ट्यांकी अगाडिको सडकमा महोत्तरी लोहरपट्टी नगरपालिका-४ खुटटपिपरारी घर भइ जनकपुर रामाननद चोकमा कोठाभाडामा बस्ने ५२ वर्षीय रतियादेवि यादवको ना ४ख७८७४ नम्बरको बसको डिक्की मुनि शव फेला परेको थियो । प्रहरीले यादवको हत्या गरी फालिएको आशंकामा अनुसन्धान गर्दै जादा हत्या आरोपमा खड्कालाई पक्राउ गरेको जनाएको छ । प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले सामान्य विवादमा यादवको हत्या भएको जानकारी दिएका छन् । घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports