Incident Reports

बहुविवाहका आरोपित धरौटीमा रिहा l

2013-07-24

Durga Pariyar सिरहा । ०७० साउन ८ गते बहुविवाहका आरोपी सप्तरी जिल्लाको मल्हनिया गाविस घर भइ हाल लहान नगरपालिका ८ मा बस्ने ३० वर्षीया देवकी चौधरीलाई जिल्ला अदालत सिरहाले साउन ८ गते २५ हजार धरौटीमा रिहा गरेको छ । जिल्ला अदालतका श्रेस्तेदार दुर्गा भुसालको इजलास धरलेौटीमा रिहा भएको सरकारी वकिल गोपीचन्द भट्टराईले बताए । सोठियाइन गाविस-९ घर भइ हाल लहान नगरपालिका ८ बस्ने ३३ वर्षीया सरीता चौधरीले उनको पति ३८ वर्षीय सञ्जिव चौधरीले २ महिना अगाडि देवकी चौधरीसँग बहुविवाह गरेको आरोपमा वडा प्रहरी कार्यालय लहानमा असार २० गते कारबाहीको लागि उजुरी हालेको थिइन् । इलाका प्रहरी कार्यालय लहानले असार २४ गते देवकीलाई गिरफतार गरेको थियो । आरोपित सञ्जीव चौधरी अझै फरार रहेको प्रहरीले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis