Incident Reports

घरनिकाला गरेको आरोपमा पति र सासू विरुद्ध प्रहरीमा उजुरी l

2013-07-23

Durga Pariyar सिरहा । ०७० साउन ८ गते नहरारिगौल गाविस- ६ कि २४ वर्षीया एक महिलालाई पति र सासुले कुटपिट गरी घर निकालेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा साउन ८ गते उजुरी गरेकी छन् । पीडित महिलाका अनुसार उनका पति ३० वर्षीय प्रमोद साहले पटक पटक कुटपिट गरेको र सो विषयमा भन्दा साउन ७ गते राती ५० वर्षीया सासु रामकुमारीले तातो पानी खन्याएर हात पोली दिएको र पतिले लाठीले कुटपिट गरेको बताइन् । बिहान खाना बनाउन जादा पुन पतिले कुटपिट गरेपछि गाउँलेको सहयोगमा आफन्तकोमा आएको बताइन् । आर्थिक अभावले उनले उपचार समेत नगराएको उनले बताइन् । आवश्यक कानूनी प्रकृया अगाडि बढाउने इन्सपेक्टर ललनकुमार कुर्मीले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis