Incident Reports

Six Accused of Inhuman Treatment Arrested

2013-07-24

Province 1, Morang, Belbari

Morang/July 24 Belbari Area Police Office (APO) have arrested six persons on July 24 on charge of inhuman treatment of Maya Sarki, 35, Tulasa Subba, 47, and Fight Weekly editor Manoj Bishwarkam, 28, all of the hailing from Belbari VDC-3. According to Inspector Dilip Giri of the APO, Jeevan Bhetuwal, 30, Amit Bhetuwal, 25, Chandrakala Bhetuwal, 55, Sobita Bhetuwal, Kamala Bhetuwal and Ambika Bhetuwal were arrested. Among them, Jeevan was arrested on July 23 evening and others on July 24 morning. They will be charged under Public Offence Act, Giri added. Maya filed a complaint at around 8.30 pm at the APO. Police had brought her from her sister’s home in Indrapur to record the statement. Giri added that despite their request, she refused to file an FIR. He added that Maya had filed a complaint against Narendra Basnet, the station manager of Betana Radio FM based in Belbari accusing him of making the news and pictures of the incident public. Police added that they were also investing that complaint. Meanwhile, teams of NHRC Biratnagar and Eastern Regional Human Rights Network made a visit to the incident site on July 24. The NHRC team comprised of its head Koshraj Neupane, HR officer Arjun Koirala and Laxi Pokharel among others. Network team members included WOREC’s district coordinator Lekhnath Katuwal, COCON district chairperson Manjita Upadhyaya, Redef Nepal’s Umesh Bishwakarma, Advocacy Forum’s Bikas Basnet, INSEC district representative among others. Both team met victims, witnesses, people on the side of accused, journalist, teachers and police. Both team have not revealed the report saying the work was going on. Maya, one the victims have been displaced from home to her sister’s place in Indrapur VDC-3 with her two children. Dipen Neupane मोरङ । ०७० साउन १० गते बेलबारी गाविस-३ की ३५ वर्षीया माया सार्की, सोही ठाउँकी पसले ४७ वर्षीया तुलसा सुब्बा र सोही ठाउँ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मालाई तीन दिनअघि कुटपिट र दुर्व्यवहार गरिएको घटना अनुसन्धान गर्न पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले एसपीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति साउन ९ गते गठन गरेको छ । सो समितिमा सुनसरी जिल्ला इनरुवा नपास्थित दङ्गा नियन्त्रण कार्यालयका एसपी शेखर कोइरालाको नेतृत्वमा अञ्चल प्रहरी कार्यालय धरानका इन्स्पेक्टर र सई संलग्न रहेका छन् । समितिलाई तीन दिनभित्र छानविन प्रतिवेदन बुझाउन पूर्व क्षेत्रीय कार्यालयका डीआइजी उपेन्द्र अर्यालले निर्देशन दिएका छन् । छानविन समतिले काम थालिसकेको डीआइजी अर्यालले बताए । सो घटनामा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले घटनाप्रति विशेष चासो देखाएलगत्तै डीआइजी अर्यालले छानविन समिति बनाएका थिए । मुख्य सचिव पौडेलको चासो र डीआइजी अर्यालको निर्देशनपछि प्रहरीले मिलापत्र भइसकेको भनिएको घटनामा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख दिलीप गिरीको सक्रियतामा साउन ८ गते राति उजुरी दर्ता भएको थियो । यसैबीच घटनाको विषयलाई लिएर विभिन्न दलित सङ्घसंस्थाहरुले साउन ९ गते अपरान्ह बेलबारी गाविसस्थित पूर्वपश्चिम राजमार्गमा प्लेकार्डसहित जुलुस प्रदर्शन गरे थिए । घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले ६ जनालाई साउन ९ गते नै गिरफ्तार गरिसकेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर दिलीप गिरीकाअनुसार गिरफ्तार गरिएकाहरूमा बेलबारी गाविस-३ का ३० वर्षीय जीवन भेटुवाल, २५ वर्षीय अमित भेटुवाल, ५५ वर्षीया चन्द्रकला भेटुवाल, सोविता भेटुवाल, कमला भेटुवाल र अम्बिका भेटुवाल रहेका छन् । आरोपितमध्ये जीवनलाई साउन ८ गते साँझ र बाँकी पाँच जनालाई साउन ९ गते बिहान प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही चलाइने छ । पीडित मायाले साउन ८ गते राति ८.३० बजे इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएकी थिइन् । प्रहरीले पीडितलाई राति इन्द्रपुर गाविस-३ त्रिवेणी चोकस्थित दिदी मैयादेवी सार्कीको घरबाट आफ्नै भ्यानमा राखेर प्रहरी कार्यालयमा ल्याइ उजुरी दिन लगाएको थियो । प्रहरीले अनुरोध गरे पनि पीडित मनोजले उजुरी नहालेको इन्स्पेक्टर गिरीको भनाइ छ । इन्स्पेक्टर गिरीका अनुसार उनले बेलबारीकै बेतना रेडियो एफएमका स्टेशन मेनेजर नरेन्द्र बस्नेतविरुद्ध साउन ८ गते इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका छन् । सम्पादन नगरिकन घटनाको समाचार र तस्वीर सार्वजनिक गरेको आरोपमा सो उजुरी दिएको पीडित पक्षको भनाइ छ । सो विषयमा पनि छानविन गरिने इन्स्पेक्टर गिरीले बताए । दीपेन न्यौपाने

0 Comments

Related Reports
Related Trend Analysis