Incident Reports

बेलबारी दुर्व्यवहार घटनामा छानविन समिति गठन l

2013-07-24

Province 1, Morang, Belbari

३० बजे इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएकी थिइन् । प्रहरीले पीडितलाई राति इन्द्रपुर गाविस-३ त्रिवेणी चोकस्थित दिदी मैयादेवी सार्कीको घरबाट आफ्नै भ्यानमा राखेर प्रहरी कार्यालयमा ल्याइ उजुरी दिन लगाएको थियो । प्रहरीले अनुरोध गरे पनि पीडित मनोजले उजुरी नहालेको इन्स्पेक्टर गिरीको भनाइ छ । इन्स्पेक्टर गिरीका अनुसार उनले बेलबारीकै बेतना रेडियो एफएमका स्टेशन मेनेजर नरेन्द्र बस्नेतविरुद्ध साउन ८ गते इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका छन् । सम्पादन नगरिकन घटनाको समाचार र तस्वीर सार्वजनिक गरेको आरोपमा सो उजुरी दिएको पीडित पक्षको भनाइ छ । सो विषयमा पनि छानविन गरिने इन्स्पेक्टर गिरीले बताए । दीपेन न्यौपाने

0 Comments

Related Reports
Related Trend Analysis