Incident Reports

प्रहरीद्वारा गाडी चालक माथि कुटपिट l

2013-07-24

Bagmati, Chitawan, Rapti

Kali Bahadur Malla कालीकोट । ०७० साउन ९ गते सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका-६ घर भइ गाडी चालक ३२ वर्षीय टेकबहादुर रावतलाई जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर एवम् निमित्त प्रहरी प्रमुख राजेन्द्र अर्यालको नेतृत्वमा खटिएका प्रहरीहरूको टोलीले साउन ९ गते कुटपिट गरी घाइते बनाएका छन् । कर्णाली राजमार्ग मान्म गाविस स्थित जिरोप्वाइन्टमा हिँडिरहेका चालक रावतले गस्तीमा गएका प्रहरीलाई मदिरा सेवन गरी गाली गरेको आरोपमा लाठी र बन्दुकको कुन्दाले कुटपिट गर्दा पीडितको छाती र पेटमा गम्भीर चोट लागि बेहोस भएका छन् । चिन्ताजनक अवस्थामा रहेका घाइते रावतको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । इन्स्पेक्टर अर्यालले कुटपिट नभएको र सामान्य हातपात गर्दा वेहोस भएको बताएका छन । उनले कुटपिट गर्न रोक्दा राक्दै चालकमाथि जबरजस्ती हातपात गर्ने प्रहरीलाई छानविन गरिने समेत वताए । कालीबहादुर

0 Comments

Related Reports
Related Trend Analysis