Incident Reports

प्रहरी विरूद्ध यातना क्षतिपूर्ति मुद्दा दायर l

2013-07-24

Madhes, Saptari, Saptakoshi

Binod Pandey बाँके । ०७० साउन ९ गते नौबस्ता गाविस- २ पितमारीका ४२ वर्षीय पदमबहादुर शाही र कचनापुर गाविस-७ टिकुलीपुर बस्ने ३७ वर्षीय झुपबहादुर विष्टले प्रहरीले हिरासतमा यातना दिएको भन्दै साउन ९ गते जिल्ला अदालतमा प्रहरी विरूद्ध यातना क्षतिपूर्तिसम्बन्धी मुद्दा दायर गरेका छन् । पीडितहरूले एड्भोकेसी फोरमको कानूनी सहयोगमा मुद्दा दायर गरेका हुन् । बस भाडाको विषयलाई लिएर भएको विवादमा प्रहरीले कोहलपुर बजारबाट गिरफ्तार गरी मुद्दा फाँटमा कार्यरत सई नरपति भट्ट, प्रहरी जवान नरबहादुर नेपाली र नाम नखुलेका चौधरी थरका प्रहरीले यातना दिएका कारण बङ्गराको हड्डी भाँचिएको र अप्रेसन गर्नुपर्ने स्थिति रहेको भन्दै पीडितले प्रहरीको यातनाका कारण छातीमा पीडा भइरहेको बताए । साउन १ गते सङ्क्रान्तिका दिन अगैयास्थित बजारमा नाचगान भइरहेको स्थानबाट प्रहरी चौकी गाभरपुर अगैया बाँकेबाट आएका प्रहरीहरूले गिरफ्तार गरी रातभरि हतकडी लगाई गैर कानूनी थुनामा राखेर चरम यातना दिएको पीडितले दावी गरेका छन् । एक महिनामा यातनाका तीन ओटा यातनाका घटना बाहिर आएका छन् । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis