Incident Reports

Kidnapped Indian child rescued, 4 arrested

2018-01-11

Police have rescued a 7-year-old Indian boy from Nepalese border in Nawalparasi. The boy was kidnapped from Thuthibari in Uttar Pradesh on Jan 11 and was found in the jungle of Balmikinagar on Jan 13. Four people including 1 Nepali citizen have been arrested in relation to the offense. All of them are in the custody of Indian police. नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरणमा परेका सात वर्षीय बालक आयुसलाई नेपालसँग सीमा जोडिएको विहार राज्यको वाल्मिकी नगर जंगल क्षेत्रबाट शनिबार राति उद्धार गरिएको हो । पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले दुवै देशका सुरक्षा निकायमा समन्वय गरी बालकको सकुशल उद्धार हुन सफल भए । ठुठीबारीका कपडा व्यवसायी बबलु निगमका सात वर्षीय छोरा आयुसको अपहरण गरेपश्चात् अपहरणकारीले बालकको रिहाइका लागि एक करोड फिरौती रकम माग गर्दै आएका थिए । ठुठीबारीमा रहेको राधाकुमार इन्टल कलेजको प्रबन्धक सञ्चालकसमेत रहेका कँडेलले बालकको अपहरण भएको थाहा पाएपछि आफ्नो दायित्व महसुस गरी दुवै क्षेत्रका माथिल्लो तहका सुरक्षा अधिकारीसँग समन्वय गरी बालकको सकुशल उद्धार गर्न मद्दत गरेको कँडेलले जानकारी दिए । अपहरण गर्नेमध्येका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक नेपाली र तीन भारतीय रहेका छन् । चारै जनालाई अहिले भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ । उनीहरुलाई कानूनबमोजिम कारबाही हुने भारतीय प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा नवलपरासी विनयी त्रिवेणी गाउँपालिका रानीनगर निवासी नीरज श्रेष्ठ, भारतको विहार प्रदेश वााल्मिकी नगरका राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगमलाई पक्राउ गरी अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None , None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments