Incident Reports

Arrested On Charge of Misbehavior

2013-07-22

Sindhupalchok/July 24 Man Singh Tamang, 40, and Sunita Tamang, 18, of Ichok VDC-9 have been arrested by the police on July 22 on charge of accusing Kanchi Tamang, 27, and Maile Tamang, 45 of being witch. The other two accused Pratap Tamang and Sunni Tamang are at large, according to the police. The accused misbehaved and fed the victim with human excrete. The victim lodged a complaint at Area Police Office, Melamchi, on July 19. The victim sustained bruises into their body. They had a primary health checkup at Melamchi. Natibabu Dhital सिन्धुपाल्चोक । ०७० साउन ९ गते इचोक गाविस-९ की २७ वर्षीया कान्छी तामाङ र सोही ठाउँकी ४५ वर्षीया माइली तामाङलाई साउन २ गते बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने सोही ठाउँका ४० वर्षीय मानसिं तामाङ, र १८ वर्षीया सुनीता तामाङलाई प्रहरीले साउन ७ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न भएको आरोप लागेका प्रताप तामाङ र सुनी तामाङ फरार रहेको प्रहरीले जनाएको छ । आरोपितहरूले पीडित महिलाहरुलाई घरमा बसिरहेको बेला घरभन्दा केही माथि मानेमा पुर्‍याई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाएका थिए । ०७० साउन ४ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी गरेका थिए । पीडित महिलाहरुको शरीरको विभिन्न भागमा घाउ चोट लागेको छ । घाइते पीडितहरुले प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार गराए । स्थानीय गाउँलेको भनाइअनुसार तीन महिना अघिदेखि विरामी भएका प्रताप तामाङलाई नुवाकोट जिल्लाको एक धामीले मासु र जाँडमा बोक्सीले मन्त्र लगाएर खुवाएको बताएका थिए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis