Incident Reports

बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने गिरफ्तार l

2013-07-22

Natibabu Dhital सिन्धुपाल्चोक । ०७० साउन ९ गते इचोक गाविस-९ की २७ वर्षीया कान्छी तामाङ र सोही ठाउँकी ४५ वर्षीया माइली तामाङलाई साउन २ गते बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने सोही ठाउँका ४० वर्षीय मानसिं तामाङ, र १८ वर्षीया सुनीता तामाङलाई प्रहरीले साउन ७ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न भएको आरोप लागेका प्रताप तामाङ र सुनी तामाङ फरार रहेको प्रहरीले जनाएको छ । आरोपितहरूले पीडित महिलाहरुलाई घरमा बसिरहेको बेला घरभन्दा केही माथि मानेमा पुर्‍याई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाएका थिए । ०७० साउन ४ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी गरेका थिए । पीडित महिलाहरुको शरीरको विभिन्न भागमा घाउ चोट लागेको छ । घाइते पीडितहरुले प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार गराए । स्थानीय गाउँलेको भनाइअनुसार तीन महिना अघिदेखि विरामी भएका प्रताप तामाङलाई नुवाकोट जिल्लाको एक धामीले मासु र जाँडमा बोक्सीले मन्त्र लगाएर खुवाएको बताएका थिए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis