Incident Reports

Complaint Lodged Against Bigamist

2013-07-24

Nepal

Chitwan/ July 24 Sita Devi Gurung, 24, of Gunjanagar VDC-2 has lodged a complaint against her husband Man Bahadur Gurung, 39, at District Police Office on July 24 accusing him of Polygamy. The victim lodged a complaint saying that her husband married a second wife Lila Gurung, 26, of the same VDC-5. She said that she came to know about the incident after tipped off by the locals. Her husband was out of contact with her since two months. She further said that her husband was forcing her to give divorce by physically and mentally torturing her. She has been living with her parents since then. Tulasi Pariyar of Women Cell under District Police Office said that both of them will be detained for the further investigation. Sabitri Sapkota चितवन । ०७० साउन ९ गते गुन्जानगर गाविस-२ का ३९ वर्षीय मनबहादुर गुरुङले बहुबिवाह गरेको भनि पत्नी २४ वर्षीया सीतादेवी गुरुङले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पति मनबहादुरले गुन्जानगर गाविस-५ बस्ने २६ वर्षीया लीला गुरुङगसँग दोस्रो विवाह गरेको भनि पीडित सीतादेवीले प्रहरीमा उजुरी दिएकी हुन् । दुई महिना अघिदेखि आफूसँग सम्पर्कमा नरहेको पति मानबहादुरले दोस्रो विवाह गरेको स्थानीयबाट आफूले थाहा पाएको उनले बताइन् । आफूलाई पटकपटक सम्बन्ध बिच्छेद गर्न पतिले दबाब दिँदै कुटपिट गरेकोले घर बस्न नसकी माइतीमा बस्दै आएको उनले गुनासो गरिन् । आरोपित दुवै जनालाई गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय चितवन महिला सेलकी महिला प्रमुख तुलसी परियारले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis