Incident Reports

बहुविवाह गर्ने पतिविरूद्ध प्रहरीमा उजुरी l

2013-07-24

Nepal

Sabitri Sapkota चितवन । ०७० साउन ९ गते गुन्जानगर गाविस-२ का ३९ वर्षीय मनबहादुर गुरुङले बहुबिवाह गरेको भनि पत्नी २४ वर्षीया सीतादेवी गुरुङले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पति मनबहादुरले गुन्जानगर गाविस-५ बस्ने २६ वर्षीया लीला गुरुङगसँग दोस्रो विवाह गरेको भनि पीडित सीतादेवीले प्रहरीमा उजुरी दिएकी हुन् । दुई महिना अघिदेखि आफूसँग सम्पर्कमा नरहेको पति मानबहादुरले दोस्रो विवाह गरेको स्थानीयबाट आफूले थाहा पाएको उनले बताइन् । आफूलाई पटकपटक सम्बन्ध बिच्छेद गर्न पतिले दबाब दिँदै कुटपिट गरेकोले घर बस्न नसकी माइतीमा बस्दै आएको उनले गुनासो गरिन् । आरोपित दुवै जनालाई गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय चितवन महिला सेलकी महिला प्रमुख तुलसी परियारले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis