Incident Reports

बेवारिसे वम विष्फोट हुँदा एक जना घाइते

2018-01-18

Province 1, Morang, Gramthan, Ward 6

मोरङको ग्रामथान गाउँपालिकामा माघ ४ गते वम विष्फोट हुँदा एक जना घाइते भएका छन । ग्रामथान-६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतमा बेवारिसे वम विष्फोट हुँदा उनका १८ वर्षीय छोरा एकराज रोक्का घाइते भएका हुन् । घाइतेको अनुहार र मुखमा चोट लागेको र दुई ओटा दाँत भाँचिएकोले उनको उपचार विराटनगर स्थित नोबेल मेडिकल कलेजमा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुणकुमार बिसीले हातले बनाइएको वम विष्फोट भएको जानकारी दिए । उनका अनुसार सो स्थानमा यस्तै अन्य दुई ओटा बट्टा वम समेत फेला परेकोले डिस्पोज गरिएको छ । प्रहरीका अनुसार खेतमा तोरी उखेल्दै गर्दा एकराजले टिनको बट्टामा टेपले बाँधेको अवस्थामा शङ्कास्पद वस्तु फेला पारेका थिए । बट्टामा बाँधेको वस्तु खोलेर हेर्न खोज्दा विष्फोट भएको हो । एकराजसँगै अन्य चार जना पनि तोरी उखेल्ने काम गरिरहेका भएपनि अन्यलाई कुनै क्षति नभएको समेत एसपी विसीले बताए । ‘मानिसहरुको आवतजावत नहुने एकान्त ठाउँमा रहेको खेतमा लगेर बम राखिएको पाइयो ।’-एसपी बिसीले भने-‘डिब्बा बम भए पनि शक्तिशाली विष्फोट भएको पाइयो ।’ यो बम छुने वित्तिकै विष्फोट हुने प्रकृतिको रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments