The Commission for the Investigation of Abuse of Authority on Monday arrested police Sub-Inspector Resham Bahadur Khadka while taking Rs 300,000 bribe money. The CIAA said said Khadka, who was serving at Metropolitan Police Office, Ranipokhari was arrested red-handed from Machhapokhari area of Balaju. The ant-graft body, in its statement, said that a team of investigation officers were deployed to arrest Khadka on the basis of tip-off.
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो ।
बुटवलमा कार्यरत रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी रु तीन लाख मागेको खुल्न आएको उनले बताए ।
कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।