Incident Reports

प्रहरीले पत्नी कुटे l

2013-07-25

जोगिनिया गाविस-९ की २९ वर्षीया रेखादेवी यादवलाई पति सप्तरीको लोहजरा प्रहरी चौकीमा कार्यरत प्रहरी ३० वर्षीय राजु यादवले साउन ९ गते राति कुटपिट गरेका छन् । पतिले जगल्टाउँदै बेल्टले कुटेर घरबाट निकालेपछि रातभरी घर पछाडिको बारीमा बसेको र बिहानै ८ वर्षीया छोरीसहित सदरमुकाम राजविराजस्थित सेफ हाउस आएको जिल्ला सेवा केन्द्रकी संयोजक बिष्णु कोइरालाले जानकारी दिइन् । एक वर्षअगाडि पनि पति पत्नीबीच भएको झगडामा राजुले माफी माग्दै रेखालाई इज्जतआमदअनुसार घरमा राख्ने सहमति गरेका थिए । अधिकारकर्मीहरुको पहलमा उक्त सहमति भएकाले उनिहरुसँगै गएर बस्न गालीगलौज गर्दै पतिले आफूलाई कुटेपछि जोगाउन आएका १३ वर्षीय छोरालाई पनि कुटेको पीडितले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis