An unidentified gang has fired 3 rounds of bullets targeting Jitendranath Shukla, chairperson of Sammarimai Marchwar Rural Municipality in Rupandehi on Wednesday night. According to Shukla, no one was injured in the incident. Locals said that two motorcycle borne men fled after shooting near Shukla's house.
Spokesperson of DPO Rupandehi Dillinarayan Pande said that although gunshot was reportedly heard, the reason and the identity of the shooters has not yet been established. Police are further investigating on the incident.
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ। सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाको घर नजिक गोली प्रहार भएको हो। अध्यक्ष शुक्लाका अनुसार बुधबार राति करिब १० बजे ३ राउण्ड गोली प्रहार भएको थियो।
गोली प्रहारबाट मानवीय क्षति नभएको शुक्लाले बताए। स्थानियले दुईजना मोटरसाइकलमा आएका व्यक्तिले शुक्लाको घर अगाडि हवाई फायर गरी भागेको बताए।
गोली चलेको आवाज आए पनि त्यस बारेमा यकिन भन्न नसकिने रुपन्देही प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए। गोली कसले र किन चलायो त्यसबारे अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए। मर्चवारमा सुरक्षा व्यवस्था कजोर रहेको र गोली प्रहारको विरोधमा स्थानियले बिहीबार मर्चवार बन्द गराएका छन्।