Incident Reports

बलात्कारको घटनामा मिलापत्र गर्न पीडित पक्षलाई दवाव l

2013-07-28

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७० साउन १३ गते बुईपा गाविसकी एक १८ वर्षीय युवतीलाई बलात्कारको आरोप लागेका व्यक्तिले सम्पत्ति लिएर घटनाको मिलापत्र गर्न पीडितपक्षलाई दवाव दिएका छन् । बलात्कारका आरोपित दिक्तेल गाविस-४ का ३६ वर्षीय पर्शुराम आचार्यले यस घटनाबारे मुद्दा चलाए जेलबाट निस्किएर ज्यान मार्ने धम्की दिएको पीडितले बताइन् । विभिन्न महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, महिला राजनीतिकर्मी, महिला कर्मचारीहरूको साउन १३ गते भएको महिला हिंसा सम्बन्धी भेलामा पीडित महिलाले आफूलाई सम्पत्ति लिएर मिलापत्र गर्न दवाव दिएको गुनासो गरेकी हुन् । आरोपितले घरघरेडी दिने र लाखौं रुपियाँ दिने भनेर पटकपटक मिल्न दवाव दिएको पीडितको भनाइ छ । पीडितले आरोपितविरुद्ध जबरजस्ती वलात्कार गरेको भनी साउन १२ गते प्रहरीलाई लिखित उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । साउन ११ गते घरबाट सदरमुकाम दिक्तेल जाँदै गर्दा उक्त आरोपित व्यक्तिले बाम्राङ गाविसको जङगलमा जबरजस्ती बलत्कार गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् । यसैबीच, बलात्कार गरेको आरोपमा दिक्तेल गाविस-४ का ३६ वर्षीय पर्शुराम आचार्यको विरुद्द प्रहरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको छ । आरोपित आचार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले साउन १३ गते जिल्ला अदालतमा सो मुद्दा दायर गरेको हो । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १२ गते किटानी जाहेरी दिएपछि उनको विरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गाराज रेग्मीले बताए । उजुरीको आधारमा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लामा क्रियाशील विभिन्न महिला अधिकारकर्मीको एक टोलीले साउन १३ गते सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पोखरेललाई ज्ञापनपत्र बुझाउँदै छुट्टाछुट्टै दुई महिलामाथि भएको बलत्कारको घटनाका दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । साउन ११ गते एक युवतीलाई बलात्कार गर्ने दिक्तेल गाविस-४ का ३६ वर्षीय पर्शुराम आचार्य र साउन १२ गते आफ्नै बुहारी बलात्कार गर्ने ६० वर्षीय वृद्धलाई कडाभन्दा कडा कारवाही र पीडितलाई उचित न्यायको उनीहरूले माग गरेका हुन् । यहाँका महिला हकहित सरोकार मञ्च, महिला जागरण सरोकार मञ्च, बालसेवा समाजसहित अन्य महिला अधिकारकर्मीहरूको टोलीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै ज्ञापनपत्रको साथमा आरोपित दुई व्यक्तिलाई सहायक प्रजिअ मार्फत खुर्सानीको माला उपहार दिएको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले आरोपितलाई कानुनअनुसार कारवाही गर्ने र पीडितलाई न्याय दिलाउने कुरामा प्रतिबद्धता व्यक्त गरेका छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis