Incident Reports

प्रदेश सांसदलाई धम्की दिएको आरोपमा चार जना गिरफ्तार

2017-12-30

प्रदेश सभाका सांसद बिन्दुकुमार थापा, कास्कीका ब्यवसायीहरू राजेशबाबु श्रेष्ठ, बोधराज गिरी र कालु गुरूङलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । पीडित चारै जनालाई धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले स्याङ्जा टक्सार घर भई हाल पोखरा-लेखनाथ मनपा-६ बस्ने ३५ वर्षीय नलबहादुर गुरूङ, स्याङजा फेदीखोला गाँउपालिका-२ का २६ वर्षीय अमृत खड्का, सोही ठाउँका २३ वर्षीय शिवबहादुर कार्की र पर्वतको कुश्मा नपा-१० का २७ वर्षीय रामु सुवेदीलाई माघ १७ गते गिरफ्तार गरी माघ १८ गते सार्वजानिक गरेको हो । गिरफ्तार गरिएका चारै जनाले सांसद थापा लगायतलाई विगत एक महिनादेखि कहिले नेपाल र कहिले भारतको सिम प्रयोग गरी म्यासेज र फोन कलमार्फत ज्यान मार्ने धम्की दिँदै २ करोडदेखि १० करोडसम्म रकम माग गरेको भनी पीडितहरूले पुस १५ गते प्रहरीमा उजुरी दिएका थिए । लगातार धम्कीका फोन र म्यासेज आउन थालेपछि ब्यवसायीहरूले भने माघ १६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी खड्ग बहादुर खत्रीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports