Incident Reports

बुहारी कुट्ने ससुरा गिरफ्तार l

2013-07-27

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७० साउन १२ गते चिउरीडाँडा गाविस-४ की ३० वर्षीय दया पाण्डेलाई कुटपिट गरी अन्याय गरेको आरोपमा उनका ६० वर्षीय ससुरा प्रेमबहादुर पाण्डेलाई साउन १२ गते प्रहरीले गिरफ्तार गरेको छ । नागरिकता बनाइदिन गरेको आग्रहलाई बेवास्ता गरी मरणासन्न पार्ने गरी कुटपिट गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको ससुराविरुद्धको उजुरीको आधारमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गा रेग्मीले बताए । बुहारी कुटेर भाग्दै गरेको अवस्थामा आरोपितलाई दिक्तेल गाविस-३ बाट गिरफ्तार गरिएको हो । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । पीडितको पति ३१ वर्षीय वीरबहादुर पाण्डेले दोस्रो विवाह गरेपछि घरपरिवार र पतिले हेला गर्दै आएको पीडितको गुनासो छ । उनीहरूको १० वर्षअघि विवाह भएको र हाल नौ वर्षीया छोरी रहेकी छिन् । नागरिकता बनाउन पतिको नागरिकता साथमा नभएको र ससुराले सनाखत नगरिदिदा नागरिकता लिनबाट वञ्चित उनलाई नागरिकता बनाइदिए अंश दिनुपर्ने भएपछि ससुराले कुटपिट गरेको पीडितले बताएकी छिन् । ससुराको कुटपिटबाट शरीरको विभिन्न भागमा चोट लागी घाइते बनेकी बुहारीको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा स्वास्थ्य परीक्षण भएको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis