Incident Reports

बलात्कारको प्रयास गरेको आरोपमा हत्या l

2013-07-29

Sur Bahadur Pari कैलाली । ०७० साउन १४ गते एक २५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा रतनपुर गाविस-५ निवासी रिक्सा मजदुर २६ वर्षीय श्यामलाल चौधरीको साउन १४ गते स्थानीयवासीले कुटपिट गरी हत्या गरेका छन् । चौधरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनगढी नपा-८ का ३८ वर्षीय राधेश्याम राना, १८ वर्षीय वीरबल राना, २८ वर्षीय किसान राना र विलासी रानालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी क्रषिराम कँडेलले बताए । महिलालाई दुर्व्यवहार गरेको आरोपमा घरका सदस्य तथा छिमेकीको कुटाईबाट चौधरीको मृत्यु भएको प्रम्भीक अनुसन्धानबाट पत्ता लागेको डिएसपी कँडेलले जानकारी दिए । घटनास्थलमा चौधरीको उद्धारगरी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनायो । लाश पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल लगिएको छ । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis