Incident Reports

No translation available.

2013-07-29

Province 1, Morang, Sunwarshi

Deepen Neupane मोरङ । ०७० साउन १४ गते एक जना १६ वर्षीया बालिकालाई साउन ४ गते बलात्कार गरेको आरोपमा अमरदह गाविस-९ का २५ वर्षीय नरेशकुमार गनगाईँ विरुद्ध पीडित पक्षले साउन १४ गते उजुरी दिएको छ । गाउँमै मिलाउने प्रयासको भएको अवस्थामा प्रहरीको सक्रियतामा घटना दर्ता गरिएको हो । इलाका प्रहरी कार्यालय रंङ्गेलीका इन्स्पेक्टर माधवप्रसाद काफ्लेका अनुसार पीडितको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा साउन १४ गते भएको छ । आरोपित गनगाईँ फरार रहेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis