Incident Reports

पतिले घर निकाला गरेको भन्दै प्रहरीमा उजुरी l

2013-07-31

Rajendra Thagunna डडेल्धुरा । ०७० साउन १५ गते अशिग्राम गाविस-७ भात्काडाकी ३० वर्षीया डम्बरी देवी भट्टलाई साउन १३ गते पति ३२ वर्षीय गणेशराज भट्टले कुटपिट गरी घर निकाला गरेको गरेको आरोपमा पीडितले साउन १४ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गराएकी छन् । पतिले कुटपिट गरी घर निकाला गरेपछि सोही दिन अमरगढी नपा-५ जिलोडामा रहेको माईतीघरमा गएको पीडित महिलाले बताईन । आफ्नो घरमा सहजरुपमा बस्ने वातावरण मिलाउन उजुरी दिएको र उजुरीको आधारमा आरोपित र पीडित पक्षलाई छलफलका लागि साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा बोलाएको महिला तथा बालबालिका सेलका प्रहरी सहायक निरीक्षक करविर ऐरले बताए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis