Incident Reports

अपहरणमा परेका बालकको तीन घण्टामै उद्धार

2018-02-10

Madhes, Siraha, Lahan

नजरुलको नेतृत्वमा तत्कालै टोली जनकपुर पठायो। उनको टोलीले जनकपुर प्रहरीसँग सहकारी गरी जनकपुरस्थित एयरपोर्ट नजिकैबाट अपहरित बालक आशिषलाई सकुशल अपहरण मुक्त गराएका छन्। बालकलाई अपहरण मुक्त गराएर जनकपुर उपमहानगरपालिका २४ का मनोज महतो लुनियालाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवेदीले जानकारी दिए। उनले भने, ‘अपहरणमा संलग्न अन्य केही व्यक्ति फरार छन्।उनको खोजी जारी राखेका छौं।' बालकको अपहरण किन गरेको विषयमा खुल्न सकेको छैन्। एक अपहरणकारी पक्राउ परेका कारण अन्यको पनि पहिचान हुने र ति व्यक्तिलाई पनि पक्राउ गर्न टोली परिचालन गरिसकेको उनले बताए। उनले भने, ‘क्विक एक्सन नलिएको भए अपहरण मुक्त गराउन गाहे हुन्थ्यो। तर तत्कालै प्रहरी परिचालन गरेर बालकलाई अपहरण मुक्त गराउनुका साथै अपहरणकारीलाई पक्राउ गर्न सफल भएका छौं।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None , None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments

Related Reports