Manohar Kumar Pokharel
सप्तरी । ०७० साउन १५ गते
एक १२ वर्षीया बालिकालाई सितापुर गाविस-१ चाँदनी चोकका ३२ वर्षीय नागेन्द्रप्रसाद चौधरीले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाउँदै पीडितले साउन १५ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएकी छन् ।
पीडितले साउन १२ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनपुरले सच्याएर ल्याउनु भनेकाले साउन १५ गते पुनः उजुरी दिएपछि प्रहरीले दर्ता गरेको पीडित परिवारका सदस्यले बताएका छन् ।
पीडित बालिकालाई साउन १० गते राति ८ बजे घरसँगै रहेको पसलमा अन्य मानिसहरू नभएको बेला आरोपित चौधरीले बलात्कारको प्रयास गरेको आरोप छ । आरोपित घटना भएकै दिनदेखि फरार रहेको सई राजेश सुवेदीले बताए ।
मनोहरकुमार पोखरेल