Incident Reports

Teacher's house burnt due to caste discrimination

2018-02-10

The constitution of Nepal considers caste discrimination as a crime. However, a teacher Karan Rana along with his wife Raju Rana was fired from a job, their house was burnt and they were thrown out of the village because of caste discrimination. The couple has been going to governmental office from past 10 months. It was last year in the month of March, they were thrown out of the village by the villagers. They were given death threats by the villagers. The couple is now living in Baitadi headquarter along with their four children. They have a complain that no one is concerned about them. नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो खबर मिलनप्रकाश ढुंगालले आजको नयाँ पत्रिकामा लेखेका छन्। यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् । करनले भने, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदाधाउँदा थाकिसकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’ किशोरीका बवा रानादम्पतीले छोरीलाई बेच्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘सुरुवातमा छोरीलाई डराएर आफूखुसी गएकी हुँ भन्ने बयान दिन लगाए । घरमा ल्याएर थाहा भयो, उसलाई त बेच्न भारत लैजान खोजिएको रहेछ ।’ प्रहरीले बेचबिखनको मुद्दा दर्ता नगरेपछि आक्रोशित भएर घरमा आगजनी गरेको किशोरीका बुवाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्ब शर्मा किशोरीले आफूखुसी भागेर गएको भन्ने बयान दिएपछि अभिभावकले स्वीकार गरेर घर लगेको र मेलमिलाप भएको बताए । केही दिनपछि फेरि बेचबिखनको उजुरी आए पनि दर्ता नगरिएको उनको भनाइ छ । डिएसपी शर्माले भने, ‘बेचबिखनसम्बन्धी कुनै प्रमाण फेला नपरेपछि उजुरी दर्ता गरिएन ।’ उजुरी दर्ता गरिएपछि पुर्पक्षका लागि थुनामा राख्नुपर्छ भने आफू निर्दोष भएको दोषीले थुनामै बसेर प्रमाण जुटाउनुपर्छ । आगजनीको मुद्दा अदालती प्रक्रियामा रहेकाले केही बोल्न नमिल्ने उनको भनाइ छ । जिल्ला प्रशासनले भने यस विषयमा समन्वयको प्रयास गर्दै आएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले भने, ‘यो केसमा गम्भीर छाँ, सबैसँग बसेर छलफल गर्दैछौँ ।’ जिल्ला शिक्षा कार्यालयले पनि समन्वय गरिरहेको जनाएको छ । जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले अन्य विद्यालयसँग समन्वय गरेर रानादम्पतीलाई काजमा खटाउने प्रयास भइरहेको बताए । उनीहरूलाई गाउँमा फर्काउने विषयमा भने स्थानीय तहका जनप्रतिनिधि सकारात्मक देखिँदैनन् । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गाउँको वातावरण बिग्रिएकाले रानादम्पतीको सुरक्षाको जिम्मेवारी लिन नसक्ने बताए । उनले भने, ‘समाजले पचाउन नसक्ने घटना भयो, किशोरीका परिवार आक्रोशित छन् । वातावरण मिलाउने प्रयास गरिरहेका छौँ ।’ अधिकारकर्मी भने जातीय विभेदका कारण यस्तो घटना हुँदा पनि प्रशासनले वास्ता नगरेको आरोप लगाउँछन् । अधिकारकर्मी करन दयालले भने, ‘दलित भएकै कारण यस्तो विभेद हुँदा पनि राज्य मौन छ ।’ विस्थापित भएपछि राना परिवार बिचल्लीमा परेको छ । छोराछोरीको पढाइ छुटेको राजुले बताइन् । उनले भनिन्, ‘हिजो अरूका छोराछोरीलाई पढाउँथेँ, आज आफ्नै छोराछोरी पढाउन पाइरहेका छैन ।’ उनीहरूलाई नेपाल रेडक्रस सोसाइटी, बैतडीले भाँडाकुँडाको व्यवस्था गरेको छ । इन्सेक बैतडीले १० हजार रुपैयाँले दिएको थियो । मुद्दा लड्ने पैसासमेत नभएको करनले बताए । राजु गाउँकै कृष्ण निमाविमा शिशु कक्षा पढाउँथिन् भने करन छिमेकी हिरापुर माविमा राहत कोटामा निमावि शिक्षक थिए । गाउँकै गैरदलित १५ वर्षीया किशोरी र दलित युवक बिहे गर्नका लागि गाउँबाट भागे । किशोरीका परिवारले भगाउनमा राजुले सहयोग गरेको आरोप लगाए । त्यसपछि गाउँलेको दबाबमा दुवै विद्यालयले दम्पतीलाई शिक्षकबाट हटाए । केही दिनपछि किशोरी सम्पर्कमा आइन् । उनले प्रहरीसँग राजुको कुनै हात नरहेको र आफूखुसी दुवैजना बिहे गर्न भागेको बताइन् । केही दिनमा विवाद साम्य भयो । किशोरी पनि घर फर्किन् । फेरि केही दिनपछि किशोरीका परिवारले बेचबिखन गर्न खोजेको अरोप लगाएर प्रहरीमा उजुरी दिए । प्रहरीले उजुरी त दर्ता गरेन, तर दुवै विद्यालयले उनीहरूलाई काम गर्न दिएनन् । त्यसपछि गत असोजमा एक समूहले रानादम्पतीको घरमा आगो लगायो । घरका पूरै सरसामान जलेर नष्ट भए । करनले गाउँकै ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिए र उनीहरूलाई प्रहरीले पक्राउ पनि ग-यो । तर, उनै किशोरीले आफूले आगो लगाएको बताएपछि प्रहरीले सबैलाई छोड्यो भने उनलाई नियन्त्रणमा लियो । बैतडी जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि किशोरीलाई पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments