An unidentified group set fire to a crusher factory and an excavator belonging to the factory in Fedibazar of Arun rural municipality-3 on Monday night. The crusher factory was set up for the blacktopping of Naradmuni Thulung highway which connects Dhankuta with Bhojpur district headquarter. The factory and an excavator was completely destroyed in the fire. Police deployed from Jarayotar police post immediately after the incident could not identify the group behind the incident. Police suspect, cadres of Netra Bikram Chand led Nepal Communist Party might be behind the incident.
अरुण गाउँपालिका-३ फेदीबजारमा रहेको क्रसर उद्योग र स्काभेटरमा अज्ञात समूहले माघ २९ गते आगजानी गरेको छ ।
धनकुटादेखि भोजपुर सदरमुकाम जोडने नारदमुनी थुलुङ राजमार्ग कालोपत्रेका लागि स्थापना गरिएको क्रसर उद्योग र उद्योगमा रहेको स्काभेटरमा आगजानी भएको हो । आगजानीबाट उद्योग र स्काभेटर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
घटनालगत्तै प्रहरी चौकी जरायोटारको प्रहरी टोली खटिएको र आगजानी गर्ने समूह फेला पर्न नसकेको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।