Incident Reports

Agitation continues in Subarnapur

2018-02-14

Madhes, Parsa, Parsa, Ward 5

There has been ongoing agitation in Thori due to to the decision of shifting the service center. One Motorcycle has been torched today in ward number 5 of Subarnapur, Parsa. Motorcycle numbered Na 48 Pa 4600 was set on fire for opposing the banda. The motorcycle has been completely damaged. पर्साको ठोरी गाउँपालिकामा सेवा केन्द्र सार्ने विषयलाई लिएर आन्दोलन अझै जारी छ । वडा नम्बर ५ सुवर्णपुरका आन्दोलनकारीहरुले आज एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले नेवा आयल स्टोरका सन्चालक समसाद आलमको ना ४८ प ४६०० नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । आयल स्टोर बिजय बस्तिबाट पेट्रोलको ट्यांकर स्कर्टिङ गरेर फर्किदै गर्दा आन्दोलनकारीहरुले मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गाउँपालिकाको वडा नम्बर ५ सुवर्णपुरले सेवा केन्द्र सार्न नहुने अडान राखेको छ भने वडा नम्बर ३ मा मध्यभागमा सेवा केन्द्र हुनुपर्ने माग उठेको छ । एकपटक सुवर्णपुरबासीसँग वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन । दुवै वडामा संघर्ष समिति नै गठन गरेर यातायात-बजार बन्द, प्रदर्शन लगायतका आन्दोलन चलिरहेको छ । गत माघ १५ गते ठोरी गाउँपालिकाको प्रथम गाउँ परिषदले वडा नम्बर ५ सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नम्बर ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी माघ १६ गतेदेखि नै आन्दोलनमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments