Incident Reports

सामूहिक बलात्कारका आरोपितविरुद्ध उजुरी दर्ता l

2013-07-28

Madhes, Dhanusha, Sahidnagar

Binod Kumar Rabidas धनुषा । ०७० साउन १६ गते हरिने गाविसका देवेन्द्र यादवलगायत पाँचजनाका समूह आएका अज्ञात व्यक्तिहरूले सोही गाउँका एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर गोविन्द पुरीले बताए । घरमा पुरुषहरू नभएको मौका छोपी साउन १३ गते राती ११ घरको ढोका फोडर घर पसी अज्ञात व्यक्तिहरूले जबरजस्तीकरणी गरेको पीडित पक्षले जनाएको छ । पति विदेश गएको महिला घरमा सासू र ससुरासँग बस्दै आएका छन् । सो राती ससुरा पनि काम विशेषले बाहिर गएको मौकामा बलात्कार गरेको पीडित परिवारले जनाएको छ । अँध्यारो रातमा ५ जनामध्ये एक जना देवेन्द्र यादवलाई चिनेको पीडित पक्षले दावी गरेका छन् । प्रहरीले घटनाको आरोपित देवेन्द्र यादवलाई साउन १४ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर पुरीले जानकारी दिए । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis