Incident Reports

कटुवा पेस्तोलसहित एकजना पक्राउ

2018-02-03

Madhes, Dhanusha, Mithila Bihari

धनुषा प्रहरीले हतियार सहित एक जना युवा पक्राउ गरेको छ । मिथिला नगरपालिका वडा नंबर-५ बस्ने जंग बहादुर घिसिंगलाई हतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा एक थान कटुवा पिस्तोल र उक्त पिस्तोलमा प्रयोग हुने एक राउण्ड गोली सहित घिसिंगलाई पक्राउ गरेको हो ।
Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis