Incident Reports

खुकुरी प्रहार गर्ने पतिलाई कारबाहीको माग l

2013-08-04

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७० साउन २० गते लफ्याङ गाविस-२ की २५ वर्षीय मनकुमारी राईलाई मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरी सख्त घाइते बनाउने पति ३८ वर्षीय लंकराम राईको विरुद्ध पीडितले साउन २० गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कारवाहीको माग गर्दै उजुरी दिएकी छिन् । चार वर्षेदेखिनै बारम्बार कुटपिट गर्दै आएकोमा ०७० साउन १९ गते घरमै बसिरहेको समय एक्कासी खुकुरी प्रहार गर्दा हातमा गहिरो चोट लागेको भन्दै पीडितले पतिलाई कारबाही र खुकुरी प्रहारबाट लागेको चोटको घाउजाँच गराइदिन उजुरी दिएकी हुन् । उजुरीपश्चात् पीडितको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा घाउजाँच गरिएको छ भने आरोपितलाई झिकाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रमेशकुमार देवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis