Incident Reports

Student beaten as he didn't come to school

2018-02-01

Gandaki, Gorkha, Aarughat, Ward 2

Supare Karki was beaten badly by the principle of Bhawani Secondary School of Arughat Rural Municipality-2. He even pressurized the student to keep it a secret in order to maintain the good reputation of the school intact. The incident happened on 1st February. His fingers got swollen and blood got clotted. He was operated in Shahid Memorial Hospital in Kalanki, Kathmandu. They filed a case against the principal on February 11. Journalist Bhawani Gautam said that had there been a delay in the surgery, there would have been chances of his hands getting completely cut. आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । प्रध्यानाध्यापकले विद्यालयको बेइज्जत हुन्छ भन्दै घटना बाहिर नल्याउन दबाव दिएपनि उपचार खर्च विद्यालयले व्यहोर्ने आशामा रहेको पीडित पक्षले अन्तत काठमाडौँमा फागुन ५ गते पत्रकार बोलाएर घटनाबारे जानकारी दिएको हो । माघ १८ गते प्रध्यानाध्यापक काजिराम कार्कीको कुटाइबाट विद्याथीको हातको औँला सुनिएको र रगत जमेको उनका काका सुर्यबहादुर कार्कीले जानकारी दिए । विद्यालय नआएको निहुँमा प्रध्यानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको उनका आफन्तले बताए । उनको उपचार काठमाडौँको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा भर्ना गरेर अप्रेशन गरिएको छ । ‘अझै एक हप्ता हस्पिटलमै राख्नुपर्छ भनेका छन् ।’-सुर्यबहादुरले भने-‘१८ गते कुटपिटबाट हात सुन्निएपछि तातोपानी तताएर सेक्यौँ । त्यति गर्दा पनि सञ्चो नभएपछि काठमाडौँ लगेर माघ २५ गते भर्ना गरेका हौँ ।’ प्रध्यानाध्यापक काजिरामले घटना बाहिर नल्याउन दबाव दिएको पनि सुर्यबहादुरले बताए । ‘हामीले २७ गते काठमाडौँको कालिमाटी वृत्तमा उजुरी पनि दिएका छौँ । यहाँबाट गोरखाको जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउने भन्नुभएको छ,’- सुर्यबहादुरले भने। जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले कालिमाटी वृत्तबाट टेलिफोन गरी जानकारी प्राप्त भएको बताए । घटनाका बारेमा जानकारी लिएका काठमाडौँस्थित नयाँ पत्रिकाका पत्रकार भवानीश्वर गौतमले बालकको उपचार केहि ढिला भएको भए हातै काट्नुपर्ने अवस्था आउने भन्ने सूचना आफूले प्राप्त गरेको बताए । ‘प्रध्यानाध्यापकले ढाडमा पिटेको तर हातमा समस्या देखिएको प्रतिक्रिया दिएका छन् ।’-पत्रकार गौतमले भने । पत्रकारसँग प्रध्यानाध्यापकले धम्क्याउने शैलिमा उपचार खर्च आफूसँग माग गरेको समेत दावी गरेको पत्रकार गौतमले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , National/Online Media

0 Comments