Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार

2018-02-23

Lumbini, Dang, Ghorahi

राप्ती गाउँपालिका-२ सिसहनीया निवासी नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी ३९ वर्षीय यामलाल पुजारी, सोही ठाउँका दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष २९ वर्षीय सुरज परियार र तथा गढवा गाउँपालिका-४ निवासी सोही पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी २८ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले फागुन ११ गते घोराहीबाट गिरफ्तार गरेको छ । घोराहीको तुलसीपुर चोकमा कोण सभाको तयारी गरिरहेका आफ्ना पार्टीका नेताहरूलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्यूरो इन्चार्ज सुवासले जानकारी दिए । उनले शान्तिपूर्ण रूपमा सभा सम्मेलन गर्न रोक लगाएको आरोपसमेत लगाए । सामाजिक जीवनमा खलल पुग्ने काम गरेको भन्दै उनीहरूलाई गिरफ्तार गरिएको र सोधपुछपछि हिरासत मुक्त गरिने दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments