Incident Reports

महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की

2018-02-23

Madhes, Rautahat, Gaur, Ward 8

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव र सदस्यलाइ तीन दिन भित्रमा ज्यान मार्ने धमकीपूर्ण पत्र आएका छन ।संतोष मिश्रा उर्फ बारूद सीतामढ़ी विहारको नामबाट आएको तीनबटा पत्रमा सांसद अनिल झाको विरुद्धमा जारी गरिएको प्रेस विज्ञप्ति खण्डन नगरिएमा अध्यक्ष रविन्द्र साह ,सचिव राजेन्द्र क्षेत्री र पत्रकार संजय साहनीलाइ तीनदिन भित्रमा हत्या गरिने चेतावनी सहितको धमकीपूर्ण पत्र आएको हो ।सदरमुकाम गौर स्थित रहेको महासंघको कार्यालयमा खाममा बन्द गरेर राखिएको अवस्थामा पहला परेको सचिव क्षेत्रीले बताएका छन । कुनै कार्यक्रमको पत्र हो भनेर खोलेर हेर्दा धमकीपूर्ण पत्र रहेको देखिएको क्षेत्रीले भने ।महासंघको निर्वा्चित सदस्य समेत रहेको पत्रकार साहनीलाइ सांसद झाले भौतिक कार्यवाही गर्ने धमकी दिदै गाली गलौज गरेको भनी कार्यवाही गर्नको लागि महासंघले फाल्गुन ५ गते प्रेस विज्ञप्ति जारी गरेको थियो ।यसै विच नेपाल पत्रकार महासंघ ले विज्ञप्ति जारी गर्दै धमकीपूर्ण पत्र पठाउने व्यक्तिको छानविन गरी कÞानूनी कार्यवाहीको मांग गरेका छन ।अध्यक्ष रविन्द्र साह द्वारा जारी गरिएको विज्ञप्तिमा धमकीपूर्ण पत्रको घोर निन्दा गरिएको छ ।
Local Newspaper - Dhanusha

0 Comments