Incident Reports

गोली प्रहरबाट सहचालक घाइते

2018-02-24

Madhes, Sarlahi, Barahathawa, Ward 4

अज्ञात समुहको गोली लागेर टिपरका सहचालक घाइते भएका छन्। शनिबार बिहान सवा १ बजे बरहथवा नगरपालिका-४ डियरटोलमा अज्ञात समुहले लुकेर चलाएको गोली लागि १९ बर्षीय महाबीर तामांग घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय, बरहथावाका प्रहरी निरीक्षक लालन प्रसाद कुर्मीका अनुसार हरिवन नगरपालिका-११ निवासी तामांगको दाहिने पाखुरामा एक गोली लागेको छ। नयाँरोड-मधुवनी सडक निर्माणमा प्रयोग हुदैँ आएको ना १ क ६६३५ नम्बर तिप्परका सहचालक तामांगलाई धामी झाक्रीकोमा झारफुक गरेर गर्किदै गर्दा गोलि लागेको हो। घाइते तामांगलाई राति नै उपचारका लागि वीरगंज स्थित नेसनल मेडिकल कलेजमा पठाइएको र गोली निकालिसकेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए। 'स्थानीय धामी झाक्रिकोमा झारफुक गरेर सडक निर्माण कम्पनीले राति सुत्नका लागि व्यवस्था गरेको टेन्टमा आउदै गर्दा बाटोमा लुगेरा बसेको समुहले गोलि प्रहर गरेको हो,' घाइते लामाको भनाई उद्ग्रित गर्दै प्रहरी निरीक्षक कुर्मीले भने। गोली प्रहर गर्ने समुहको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms , Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports