Incident Reports

पाँच जनामाथि जातीय विभेदको आरोपमा मुद्दा दर्ता l

2013-08-05

Lavdev Bhatta डोटी । ०७० साउन २१ गते जिल्ला प्रहरी कार्यालय डोटील पाँच जनाका नाममा जातीय विभेद तथा छुवाछुतको अपराधमा ०७० साउन १४ गते मुद्दा दायर गरेको छ । आरोपितहरुमा डौड गाविस ३ भल्माका ३२ वर्षीय महादेव बोगटी, ३३ वर्षीय मानबहादुर बोगटी र ३६ वर्षीय गोरेबहादुर बोगटी, ३४ वर्षीय धनबहादुर बोगटी र ३० वर्षीय पद्म बोगटी रहेका छन् । डौड गाविस ३ मा रहेको त्रिमल बोगटीको पसलमा ०७० साउन १० गते सामान किन्न गएका सोही गाउँका ३३ वर्षीय श्याम कामीलाई दलितले पसल छोइदिएको भन्दै आरोपितहरुले कुटपिट गरेका थिए । कुटपिटबाट पीडितले लगाएको लुगा च्यातिनुको साथै निधार र पिठ्युँमा घाउ समेत लागेको छ । सोही गाउँका बमी बोगटीको बेचिएको भैंसीको पैसा बुझाई पसलमा सामान किन्न जाँदा डुमले पसलमा आउने हैन भन्दै हेपेका र पसलमा छुवाछुत गरेको सजायँस्वरुप २० पटक कान समातेर उठबस समेत गराएको प्रत्यक्षदर्शी खड्क कामीले बताए। अभियुक्तहरुमध्ये धनबहादुर बोगटी र पद्म बोगटी फरार रहेका र अन्य तीन जनालाई गिरफ्तार गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत परशुराम चौधरीले बताए । पीडितको उपचार जिल्ला स्वास्थ्य कार्यालय डोटीमा भएको छ । लबदेब भट्ट

0 Comments

Related Reports
Related Trend Analysis