Incident Reports

गुडिरहेको गाडीको डिकीमा भेटियो सनमको शव

2018-03-03

Madhes, Siraha, Lahan

मोरङका एक युवकको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ परेको छ । मोरङ, उर्लावारी ७ का ३३ वषर्ीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए । उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्या मार्गमा चेकजाँच गरेको थियो । त्यसक्रममा बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा शाक्यको शव भेटिएको छ । डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरेर राखेको अवस्थामा शव भेटिएको छ । मृतकको शरीरमा निलडाम भेटिएको छ । सुन तस्करीको विषयमा लेनदेन नमिलेका कारण सनमलाई सिराहाबाटबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ परेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal , Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Morang , Local Newspaper - Jhapa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports