Incident Reports

प्रहरीको कुटाइबाट घाइते चालकको उपचारमा समस्या l

2013-08-06

Lumbini, Rukum East, Musikot

Adarsha KC रुकुम । ०७० साउन २२ गते छिवाङ गाविस-२ का ३१ वर्षीया ट्याक्टर चालक मिनकुमार खड्कालाई साउन १८ गते प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएपछि उनको उपचारमा समस्या भएको छ । ट्याक्टर प्रहरी चौकीमा इन्ट्री नगरेको भन्दै खलंगा-६ सोलावागंमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरी जवानहरूले ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको स्थानियवासीहरूले बताए । 'रा १ त ६७४ नम्बरको ट्याक्टर सोलावागं बजारमा साइड लगाएर चौकीमा इन्ट्री गर्न आउँछु भन्दा भन्दै जवानहरू दौडिदै आएर टाढैबाट ढुङ्गा प्रहार गरेर सिसा फुट्यो अनि नजिक आएर समातेर त्यही कुटे अनि चौकीमा लिएर बाँधेर लाठीले कुटे' पिडितले भने । स्वास्थ्यकर्मीहरूका अनुसारमा चोट धेरै भएकाले एक्सरे गर्नु पर्ने छ र उनको उपचार जिल्लामा सम्भव छैन । उनको हात र ढाडमा गम्भीर चोट रहेको छ । साउन १९ गते जिल्ला अस्पताल भर्ना गरिएका उनलाई जिल्ला अस्पताल सल्ले रुकुमले नेपालगन्ज रिफर गरे पनि उपचार खर्चको अभावमा स्थानिय रुकुमेली सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । उक्त घटनाको विषयमा रुकुम उद्योग बाणिज्य सघंका अध्यक्ष बसन्त पुनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुकुममा साउन २० गते भएको सहमति अनुसार घाइते उपचार खर्च कुटपिटमा संलग्न प्रहरीहरूले जिम्मा लिने र घटनाको छानविन गरी दोषीलाइ कारबाही गर्ने भनिएको भएपनि त्यो लागु नभएको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार उक्त घटनामा संलग्न २ जना प्रहरी जवानहरूलाई विभागीय कारबाही सुरु गरिएको बताए । तर उनीहरूको नाम भने खुलाउन उनले मानेनन् । उक्त घटनाको बारेमा यातायात मजदुर संगठनहरूले विरोध जनाएका छन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संगठन र नेपाल यातायत मजदुर संगठनले साउन २२ गते विज्ञप्ति जारी गर्दै राज्यको सुरक्षा अंगले मजदुरमाथि गरेको आक्रमण अमानविय र क्रुर भएको भन्दै घाइतेको उपचारमा ध्यान दिन अनुरोध गरेका छन् । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis