Incident Reports

घरायसी विवादमा कुटपिट हुँदा पर्सामा १ जनाको मृत्यु

2018-03-03

Madhes, Parsa, Bishrampur

पर्साको बहुदरामाई नगरपालिका–६, तुराहाटोलमा घरायसी विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । आफन्तबीचमा गोबरको गुँईठाको विषयमा विवाद हुँदा कुटपिटमा स्थानीय ५५ वर्षीय सुकल साह तुराहाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घरायसी विवादमा तुराहाको मृत्यु भएको पुष्टी गरे । ‘घरायसी विवादमा सामान्य धकेलाधकेल भएछ, सुकल लडेर बेहोस भएछन् । उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको भए पनि चिकित्सकले बचाउन सकेनन्’ प्रहरी उपरीक्षक राजन लिम्बुले भने । प्रहरीका अनुसार, सुरुमा महिलाबीच देखिएको गुइँठाको विवाद पुरुष मिसिएपछि साहमाथि कुटपिट भएको थियो । कुटपिटपछि साह घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले नातामा भतिज पर्ने ४० वर्षीय मोतिलाल साहलाई पक्राउ गरेको छ । प्रहरी चौकी महुवनबाट खटिएका प्रहरी सहायक निरीक्षक लोकनरायण श्रेष्ठ नेतृत्वको टोलीले मोतिलाललाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको हो । मोतीलाल पक्षले भने कुटपीट नगरेको दावी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Parsa

0 Comments

Related Reports