Incident Reports

प्रहरी हिरासतमा यातना l

2013-08-04

Man Bahadur Chaudhary बर्दिया । ०७० साउन २२ गते महम्मदपुर गाविस-८ स्थायी घर भई सानोश्री गाविस-३ कुसुम्वा बजारमा चिनो सिलाई टेलरिङ्ग सेन्टर खोलि काम गर्दै आएका ३५ वर्षीय रत्नबहादुर परियारलाई साउन २० गते राति प्रहरीले हिरासतमा लिई यातना दिएको छ । प्रहरीको यातनाबाट घाइते भएका परियारको प्रारम्भिक उपचार स्थानीय औषधी पसलमा गरी जिल्ला अस्पताल गुलरियामा लगिएकोमा थप उपचारको लागि साउन २१ गते नेपालगञ्ज लगिएको छ । पीडित डेरा गरी बसेको घरमा घरवेटीको छोराको जन्म दिन मनाउँदै गर्दा मादक पदार्थ सेवन गरी रत्नबहादुर परियार र उनकी पत्नी हरिकला परियार आपसमा झगडा गरी होहल्ला भई रहेको अवस्थामा गस्तीमा गएको प्रहरीको टोलीले पीडित रत्नबहादुरलाई घरभित्रबाट गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको थियो । भोलिपल्ट बिहान उनलाई प्रहरीले परिवारलाई बुझाएको थियो । घरमा पुगेपछि शरीरमा निलडाम देखिएपछि घटना बाहिर आएका हो । परियारको आँखा, दुवै खुट्टा र दुवै नितिम्वमा गहिरो चोट लागेको निलो डाम परेका छन् । पीडित रत्न परियारले इलाका प्रहरी कार्यालय सानोश्रीका असई लोकेन्द्र सिहँ ठकुरीले ब्यक्तिगत रिसिर्वी लिएर राति यातना दिएको बताए । इलाका प्रहरी कार्यालय सानोश्रीका इन्चार्ज सई चन्द्रशेखर वलीले यातना दिएको बारे केही थाहा नभएको र बिहान परियारको अवस्था सामान्य रहेको दावी गर्दै छोड्दा पनि केही समस्या भए बताउन भने पनि ठिक छ भनेर गएको ब्यक्ति अचानक पछि प्रहरीले यातना दिएको कुरा आउँदा अचम्मित भएको बताए । प्रहरीको अगाडि यातना दिएको कुरा गर्दा थप घटना हुन सक्ने डरले ठीक छ भनेको पीडित रत्नले बताए । यातना दिएको भनी आरोप लागेका असई लोकेन्द्रसिहँ ठकुरीले बजारमा मादकपदार्थ सेवन गरी आफ्नी पत्नीसँग झगडा गरी होहल्ला गरी रहेकेा अवस्थामा अन्य घटना हुन नदिन प्रहरी गस्तीले नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेको र राति १२ बजेतिर उनी भाग्न थालेपछि लखट्दै गर्दा पछारिएर आँखामा चोट लागेको हुन सक्ने र अन्य ठाउँमा भने भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न लाग्दा लछारपछार गर्दा चोट लागेको हन सक्ने बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis