Incident Reports

पीडित महिलाद्वारा न्यायका लागि प्रहरीमा उजुरी l

2013-08-06

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital सिन्धुपाल्चोक । ०७० साउन २२ गते कदमबास गाविस-९ घोर्सुकी ३२ वर्षीया गंगाकुमारी श्रेष्ठले पति ३४ वर्षीय कुमार श्रेष्ठले कुटपिट गरी यातना दिएको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी गरेकी छन् । पीडितको भनाई अनुसार पतिले साउन २१ गते घरमा बसिरहेका बेला कुटपिट गरेको आरोप छ । आरोपित कुमार श्रेष्ठले पीडित गंगाकुमारीसँग छ महिना अघि बहुविवाह गरेका थिए । आरोपित फरार भई काठमाडौँ पुगेको शंका लागेर काठमाडौँ महानगरिय प्रहरीलाई गिरफ्तारको लागि पत्राचार भएको जिल्ला प्रहरी कार्यालय स्थित महिला तथा बालवालिका सेवा केन्द्रकी प्रमुख असई सुनिता गुरुङले बताइन् । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis