Incident Reports

नेता कार्यकर्ता पक्राउ विरोध

2018-02-24

Bagmati, Chitawan, Bharatpur, Ward 6

आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न भागमा प्रदर्शन तथा विरोध कार्यक्रम गरिरहेको छ । यसैक्रममा चितवनमा पनि सो पार्टीले पक्राउको विरोध गरेको छ ।शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित अन्नपूर्ण चोकबाट चोकबजार हुँदै गीतानगर बजारसम्म मोटरसाइकल रयाली निकालेको छ ।रयालीपछी गीतानगरमा आयोजित कोणसभामा सो पार्टीका चितवन जिल्ला सेक्रेटरी धुर्वले वर्तमान केपी ओली नेतृत्वको सरकारले संविधानको खिल्ली उडाउँदै शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेकोमा विरोध जनाए ।उनले वर्तमान सरकार आफै देशलाई पुनः युद्धमा धकेल्न चाहिरहेको आरोप लगाए ।सरकारले पक्राउ गरेका पार्टी स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओली,पोलिटब्युरो सदस्य पदम राईलगायत नेता कार्यकर्तालाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments